Sajhamanch Archive

दमकको पृथ्वी आधारभुत विद्यालयबाट ल्यापटप र कम्प्युटर चोरियो

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । झापाको दमक नगरपालिका वडा नं.७ स्थित एक विद्यालयमा सोमबार राती चोरी भएको छ ।

दमकस्थित पृथ्वी आधारभुत विद्यालयबाट ल्यापटप र कम्प्युटरसहितका विद्युतीय उपकरण चोरिएको हो।

सामान चोरिएको विद्यालय परिसरमा पर्खाल छ भने भित्र–बाहिर आवतजावत गर्न प्रवेशद्वार पनि छ। प्रवेशद्वार बन्द गरिएपनि विद्यालय चोरिएको हो।

चोरीको घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *