Sajhamanch Archive

१४ फागुनमा हरहालतमा स्ववियु चुनाव हुन्छ : अनेरास्ववियू सहसंयोजक तामाङ

Published: in राजनीति, राष्ट्रिय समाचार by .

धनगढी । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आगामी फागुन १४ गते हरहालतमा स्ववियु निर्वाचन गराउने बताएका छन् ।

तामाङले विद्यार्थीको एकमात्र निर्वाचित संस्था कुनै हालतमा अवरुद्घ हुन नहुने बताए ।

आज धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आयोजित कैलाली जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै तामाङले भने, ‘हामी आउँदो फागुन १४ गते जुनसुकै मूल्यमा पनि स्ववियु निर्वाचन गराएरै छाड्छौं ।’

तामाङले विश्वविद्यालय प्रशासनलाई चुनावको सबै तयारी गर्न आग्रह गरे ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *