Sajhamanch Archive

लागूऔषध चरेससहित एक जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागूऔषध चरेससहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज १९ बस्ने ६० वर्षीय रामबालक बैठा पक्राउ परेका हुन् । उनको साथबाट ११ किलो ८ सय ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बैठा जीतपुरतर्फबाट वीरगञ्जतिर साइकलमा आउँदै गर्दा चरेशसहित पक्राउ परेका थिए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *