Sajhamanch Archive

नेपालकाे स्वर्ण ५० पुग्याे

Published: (Updated: ) in खेलकुद by .

काठमाण्डौ । नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदकको संख्या ५० पुर्‍याएको छ ।

मंगलबार बक्सिङमा नेपालका लागि सनिल शाहीले स्वर्ण जित्दै नेपालका लागि ५०औँ स्वर्ण दिलाएका हुन् । सातदोबाटोमा भएको पुरुष ६० केजी तौल समू को खेलमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।उनले भारतका साविक विजेता अभिरन्दर सिंहलाई हराए ।

जारी सागमा नेपालले बक्सिङमा तीन वटा स्वर्ण पदक जितेको छ । यसअघि मिनु गुरुङ र भूपेन्द्र थापाले बक्सिङमा स्वर्ण जितेका थिए ।

योसँगै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपालले ५० स्वर्ण जित्छ भनेर गरेको दाबी पनि यथार्थमा परिणत भएकोछ ।

१३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु

१। मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२। मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते
३। निर्मला तामाङ, संगीता मगर र सरु कार्की– ९महिला टिम काता० कराँते
४। लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५। विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते
६। कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७। अनु अधिकारी– (५० केजीमुनि) कराँते
८। नवीन रसाइली– (६७ केजी) कराँते
९। सुनिता महर्जन– (६८ केजी) कराँते
१०। अनुपमा मगर– (६८ केजी) कराँते
११। कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२। सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३। पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४। आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५। आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६। निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७। निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८। काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो
१९। वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०। सोनी गुरुङ – ट्रायथलन
२१। हिमाल टमाटा– डुवालोथन
२२। विजय सिञ्जाली– उसु (थाउलो)
२३। सुस्मिता गुरुङ– उसु (थाउलो)
२४। दीपक हमाल– उसु (थाउलो)
२५। सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
२६। राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७। निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८। संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९। सक्षम कार्की– तेक्वान्दो
३०। निमा घर्ती मगर ( उसु
३१। लक्ष्मी मगर– साइक्लिङ
३२। बुद्धिबहादुर तामाङ– साइक्लिङ
३३। सञ्जु चौधरी ( भारोत्तलन
३४। गौरिका सिंह ( पौडी
३५। जुनी राई ( उसु
३६। भुपेन श्रेष्ठ– तेक्वान्दो
३७। गोपीचन्द्र पार्की– दौड
३८। सुवास तामाङ– गल्फ (व्यक्तिगत)
३९। सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ– गल्फ (टिम इभेन्ट)
४०। विकास थापा– भारोत्तोलन
४१। गौरिका सिंह– पौडी
४२। किरणसिंह बोगटी– म्याराथन
४३। संगीता धामी– कुस्ती
४४। गौरिका सिंह( पौडी
४५। देविका खड्का( जुडो
४६। मिनु गुरुङ( बक्सिङ
४७। भूपेन्द्र थापा( बक्सिङ
४८। पुनम श्रेष्ठ( जुडो
४९। गौरिका सिंह( पौडी
५०। सनिल शाही ( बक्सिङ

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *