Sajhamanch Archive

राई दम्पतिको एकैसाथ अन्त्येष्टी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

हल्दीबारी । झापा हल्दीबारीका राई दम्पतिको एकैपटक दाहसंस्कार गरीएको छ ।

श्रीमति बितेको एक दिन बित्न नपाउँदै श्रीमानको पनि मृत्यु भएपछि दुवैजनाको एकैपटक दाहसंस्कार गरीएको हो ।

हल्दीबारी गाउँपालिका वडा नंं२ शम्भुचोकका ७५ बर्षीय हजुरमान राई र ६८ बर्षीया उनकी श्रीमती दिलकुमारीको घरनजीकैको कपुरथानमा किराँती परम्पराअनुसार आज एकैसाथ अन्त्येष्टी गरीएको छ ।

मुटुको रोगी श्रीमती दिलकुमारीको उपचार सम्भव नभएपछि काठमाडौँस्थित टिचीङ हस्पिटलले सोमबार राती ३ बजे घर फिर्ता पठाएको थियो ।

यता घरमा रहेका श्रीमान हजुरमानलाई राति पिसाव फेर्न निस्कने क्रममा हृदयघात भएपछि घरमा रहेकाले उनी छट्पटिएको समयमै थाहा पाउन सकेनन् , परीवारका अन्य सदस्यले थाहा पाउने बित्तिकै उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल भर्ना गर्यो । यस बिचमा घरमा ल्याईपुर्याएको ४ घण्टापछि सोमबार बिहान ७ बजे श्रीमती दिलमायाको मृत्यु भयो ।

ढिलागरी अस्पताल ल्याएकोले उपचार सम्भव नहुने भन्दै हजुरमान राईको पनि आज बिहान अस्पतालले घर फर्कायो । घरमा ल्याएको केहि घण्टा बित्न नपाउँदै बिहान ५ बजे उनको पनि मृत्यु भएपछि श्रीमान श्रीमती दुवैको एकैपटक आज दाहसंस्कार गरीएको छ । राई दम्पत्तिको दुई छोरा र ५ छोरी रहेको स्थानीय अर्जुन राईले जानकारी दिए ।

आँगन एफएम

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *