Sajhamanch Archive

अनलाइन र बैंकको सिस्टम ह्याक गरी रकम ठग्ने तीन जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । अनलाइन ठगी र बैंकको सिस्टम ह्याक गरी रकम ठग्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ परेका तीन जनालाई आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिए ।

उनीहरुले बैंकको खातामा रहेको पैसा व्यक्तिको खातामा सारेर झण्डै १७ करोड रुपैयाँ ठगी गरेको पाइएको महाशाखाले जनाएको छ ।

उनीहरुले अनलाइनमार्फत चिट्ठा पर्यो भन्दै सर्वसाधारणको रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *