Sajhamanch Archive

बलात्कार गरेको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

सप्तरी । स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीबाट एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा नं.१२ का वडाध्यक्ष लक्ष्मी साह छन् ।

३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले बताए ।

पीडित महिलाले आफूलाई गाउँकै एक कुखुरा फर्ममा बोलाएर वडाध्यक्षसहित अर्का एक जनाले जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् ।

मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *