Sajhamanch Archive

गृहमन्त्री थापा र नेपालका लागि बेलायती राजदूत पोल्लिटबीच भेटवार्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदुत निकोला पोल्लिटले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूतको रुपमा नियुक्त भएकामा राजदूत निकोलालाई बधाइ तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोर्खाका केही समस्या रहेको बताउँदै समस्या समाधानका लागि भूमिका खेलिदिन राजदूत निकोलालाई आग्रह गरे ।

राजदूत निकोलाले बेलायतमा बस्ने नेपाली र ब्रिटिश गोर्खाका समस्याबारे आफूहरु गम्भीर रहेको बताउँदै अहिले धेरै समस्या समाधान भइसकेको बताइन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *