Sajhamanch Archive

अवैध नेपाली रुपैयाँसहित दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

बाँके । बाँकेमा अवैध नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ घरबारी टोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेका हुन् ।

गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ भेटिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *