Sajhamanch Archive

लोक सेवा आयोगले ७ सय ६८ जनाको विज्ञापन खुलायो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

 काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत र सो सरह पदका लागि ७ सय ६८ जनाको विज्ञापन खुला गरेको छ ।

आयोगले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । आयोगले न्याय, कानुन र सरकारी वकिल खुलातर्फ १३६, महिला ३७, आदिवासी जनजाति ३०, मधेसी ३०, दलित ११, अपाङ्गता भएका ६ र पिछडिएको क्षेत्रका लागि ५ सिटमा आवेदन खुलेको हो ।

परराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा खुलातर्फ २३८, महिलातर्फ ७७, आदिवासी र जनजातितर्फ ६१, मधेसीतर्फ ५१, दलिततर्फ २०, अपांगतर्फ ११ र पिछडिएको क्षेत्रतर्फ १० जनाका लागि विज्ञापन गरिएको छ । पुस १५ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा लिखित परीक्षा चैत्र १७ देखि हुनेछ ।

स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारले पुस १५ सम्म एक हजार रूपैयाँ र २२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन भर्न सक्ने आयोगले जनाएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *