Sajhamanch Archive

सभामुख चयनपछि मात्रै विद्या भट्टराईको सपथ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । गत मंसिर १४ मा देशका ५२ ठाउँमा उपनिर्वाचन सम्पन्‍न भएको छ। उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित विद्या भट्टराईबाहेक अन्य ठाउँबाट निर्वाचित सबैले पद तथा गोपनीयताको सपथ लिइसकेका छन्।

नेपालको संविधानमा संघीय संसदका सदस्यले सदनमा त्यससम्बन्धी कुनै पनि समितिको औपचारिक बैठकमा भाग लिन सपथग्रहण अनिवार्य हुनुपर्ने उल्लेख छ। यसबारे नेपालको संविधानको धारा ८८ मा स्पष्ट उल्लेख छ।

‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानून बमोजिम सपथ शपथ लिनुपर्ने छ,’ धारा ८८ मा उल्लेख छ।

संसदका सदस्यलाई सभामुखले सपथ ग्रहण गराउने ब्यवस्था छ। संघीय संसद सभामुख विहिन भएकोले संविधानको धारा ८८ अनुसार नै कास्की -२ बाट निर्वाचित विद्या भट्टराईको पद तथा गोपनीयताको सपथ अनिश्चित छ।

प्रतिनिधिसभाका सहायक प्रवक्ता दशरथ धमलाका अुनसार सभामुख चयनपछि नै विद्या भट्टराई अधिकारीको सपथ ग्रहणको प्रक्रिया अघि बढ्नेछ। ‘सभामुख चयनको प्रक्रियाको पहिलो दिनमै त्यसबारे थाहा होला, नत्र सभामुख बाहेक सदस्यले सपथ ग्रहण गर्ने व्यवस्था छैन,’ उनले भने, ‘त्यसैले विद्या भट्टराई अधिकारीज्यू अब आउने सदनमा सहभागी हुनुहुँदैन।

’ प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको अभियोग लागेपछि गत १४ असोजमा राजीनामा दिएका थिए। त्यसयता संघीय संसद सभामुखविहीन छ। उपनिर्वाचनमा प्रदेश सभा सदस्य तथा वडाहरुमा निर्वाचित भएकाहरुको भने सपथ ग्रहण भइकेको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *