दाइलाई लिन आएको स्कुल बसले किच्दा भाइको ज्यान गयो
Published:
by .विराटनगर । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका वडा नं. ५ मा एक वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवकुमारी साहकी एक वर्षीय छोरा यसराज साह रहेका छन् । कसेनी बोडिङ स्कुलको एलकेजीमा पढ्ने पाँच वर्षीय छोरा सोनुलाई लिन आएको बसमा चढाउन जाँदा यसराज पनि साहले सँगै लगेकी थिइन् । उनले यसराजलाई भुँईमा राखेर सोनुलाई गाडीमा चढाएकी थिइन् ।
सोनुलाई बसमा चढाउँदा भुँईमा राखेको छोरा घस्रिँदै बस मुनी पुगेका थिए । विद्यार्थी चढेपछि हतार गर्दै हुँइकिएको बसले किच्दा नाबालकको घटना स्थलमै मृत्यु भएको हो ।
बिहान सवा ९ बजेको समयमा विद्यार्थी लिएर स्कुल आउँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले यसराजलाई किचेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार शिवकुमारी साहले दुवै छोराहरुलाई सँगै लिएर गाडीसम्म गएकी थिइन् । सानो छोरालाई भुँईमा राखी ठूलो छोरालाई बसमा चढाएपछि गुडेको बसले नावालकलाई किचेको हो ।
बसका चालक बेलबारी नगरपालिका वडा नं.६ का ४५ वर्षीय डम्बरबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ ।
अनलाइनखबर
Comments