Sajhamanch Archive

नीता लेख्छिन्, ‘तिम्रो घरमा बेहुली भएर आउन मन छ’

Published: in टिप्स/जानकारी by .

मंसिर महिनालाई विवाहको खास महिना मानिन्छ । यो महिनामा धेरै सम्बन्धसँग जोडिन्छन् । आम सर्वसाधारण मात्र होइन, अविवाहित सेलिब्रेटीहरु पनि विवाहका लागि मंसिर महिना रोज्ने गर्दछन् ।

गएको शनिबार (मंसिर २१ गते) अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरिन् । यसै वर्ष अभिनेत्री आँचल शर्माले पनि प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कस्दैछिन् ।

आफ्ना समकक्षी अभिनेत्रीहरुले धमाधम घरजम बसाउँदै गर्दा अभिनेत्री नीता ढुंगानालाई पनि बेहुली हुने रहर जागेको छ । फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ रिलिजताका अभिनेता आमेश भण्डारीको प्रेममा रहेकी उनी अहिले एक्लो जीवन विताइरहेकी छन् । आमेशपछि उनको जीवनमा कसैको प्रवेश भएको छैन । चाँडै उनी ‘माया’ नामक फिल्ममार्फत् फिल्म निर्माणमा होमिँदैछिन् ।

आज दुलहीको भेषमा सजिएको एक तस्विर फेसबुकमा साझेदार गर्दै उनले आफूलाई बेहुली हुन मन लागेको बताएकी छन् । उनले लेखेकी छन्, ‘तिम्रो घरमा बेहुली भएर आउन मन छ । तर, कसको घरमा थाहा छैन ।’ यो स्टाटसले उनलाई बेहुली हुन रहर लागेको प्रस्ट्याउँछ । मंसिर लागेपछि जो कोही अविवहित युवतीलाई दुलही भएर कसैको घरमा भित्रने रहर जाग्नु नौलो होइन ।

तर, नीतालाई बेहुली हुने रहर जागेको भएता पनि जीवनभर साथ दिने बेहुला भेटेकी छैनन् । फिल्म ‘मितिनी’ मा बाल कलाकारको रुपमा अभिनय करिअर सुरु गरेकी उनले अहिलेसम्म ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, दुर्भाग्य नै भन्नुपर्छ ! उनी अभिनीत कुनै फिल्म बक्सअफिसमा असफल छैनन् । यद्यपि, उनको अभिनयको भने मुक्तकण्ठले प्रशंसा हुने गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *