Sajhamanch Archive

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोह पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

भाइबर, इमो, ह्वाट्सएप, फेसबुक जस्ता सामाजिक सञ्जालका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासीका ३७ वर्षीय विशेश्वर प्रसाद तिवारी र त्यसै ठाउँका सन्दिप कलवार रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ ।

अनलाइन ठगीमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमार्फत ठगी धन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु समेत ह्याक गरेको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए ।

पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको उनले बताए ।

नेपालमा ४० भन्दा बढी एजेण्टहरु रहेको र उनीहरुले अहिलेसम्म १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेका थिए । उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको खुलेको एसएसपी थापाले बताए ।

थापाले अहिलेसम्म ३४ जना नेपालीहरु अनलाइन ठगीमा संलग्न रहेको र १५ जना अनलाइनबाट ठगी पीडितहरु प्रहरीको सम्पर्कमा आएको बताए । एजेण्टहरुले ठगी गरेर कारोबार गरेका बैंकहरुमा ह्याक हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *