Sajhamanch Archive

बँदेलको आक्रमणबाट तीन जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by .

चितवन । बँदेलको आक्रमणबाट चितवनमा तीन जना घाइते भएका छन्।

भरतपुर महानगरपालिका वडा नंं.१३ गङानगरका ७६ वर्षीय केबी राई, ७१ वर्षीय कुमारी तामाङ र ३८ वर्षीय मोर्ते दर्जी घाइते भएका हुन्।

तीनैजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आफ्नै बारीमा काम गरिरहेका उनीहरूलाई बिहान १० बजे एक्कासि बँदेलले आक्रमण गरेको जनाइएको छ।

पछिल्लो समय जंगली जनावर र मान्छेबीच द्वन्द्व बढिरहेको छ। झापा, उदयपुर, बर्दिया, कञ्चनपुरलगायतका जिल्लामा जंगली हात्तीको आतंक बढिरहेको छ। त्यस्तै बैतडीका कतिपय गाउँमा चितुवा आतंकका समाचारहरू आउने गरेका छन्।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *