Sajhamanch Archive

बिर्तामोड खानेपानी निर्वाचन अपडेट: सुरुवाती क्षणमा लोकतान्त्रिक प्यानलतर्फका अध्यक्षका उम्मेद्वार गुरुङ अगाडी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ ।

बिर्तामोड खानेपानीमा नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस चुनावी मैदानमा उत्रिएका छन् । त्यसमा नेकपाको तर्फबाट ज्ञानुराम प्रसाई र कांग्रेसबाट जलकुमार गुरुङको नेतृत्वमा दुई प्यानल निर्वाचनमा होमिएको हो ।

हामीले यो समाचार तयार गर्दासम्म लोकतान्त्रिक प्यानलतर्फका अध्यक्षका उम्मेद्वार जलकुमार गुरुङले ४ सय ७३ मत प्राप्तगरेका छन् भने संयुत्त प्रगतिशिल प्यानलतर्फका अध्यक्षका उम्मेद्वार ज्ञानुराम प्रसाईले २ सय ६९ मत प्राप्त गरेका छन्।

मतगणना बिहान ९ बजेबाट गर्ने भनिएता पनि करिब १ घण्टा ढिलोबाट सुरु गरिएको निर्वाचन समिति संयोजक टंक उप्रेतीले जानकारी दिए । संस्थाको नयाँ कार्य समितिका लागि बिहीबार मतदान भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *