Sajhamanch Archive

मोटरसाइकलको सिटमुनी ११ किलो चरेश

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साबाट मोटरसाइकलको सिटमुनी लुकाएर भारततर्फ लेजाँदै गरेको अवस्थामा अवैध लागूऔषध चरेश बरामद गरेको छ ।

जगरनाथपुर गाउँपालिका वडा नं.१ स्थित ओरिया खोला क्षेत्रमा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरको टोलीले ११ केजी चरेश बरामद गरेको हो ।

मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा सो परिमाणको चरेश बरामद भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले जानकारी दिए ।

सशस्त्र प्रहरी निरीक्षक निरञ्जन नायडु नेतृत्वको गस्ती टोलीलाई देखेर भारतीय नम्बर बीआर २२ जेड ३१२९ नम्बरको मोटरसाइकल छोडेर अज्ञात व्यक्ति भागेका थिए । पछि चेकजाँचका क्रममा मोटरसाइकलको सिटमुनी चरेश भेटिएको थियो ।

‘पहिला त हामीले चोरीको मोटरसाइकल ठानेर बरामद गरेका थियौं ।’ प्रहरी उपरीक्षक कुँवरले भने, ‘चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि चरेश प्याकिङ गरी लुकाएर राखिएको रहेछ ।’

 

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *