Sajhamanch Archive

केकी अधिकारी र आँचल शर्मा जेठानी र देवरानीको भूमिकामा

Published: in टिप्स/जानकारी by .

प्रायः निर्माता र निर्देशक कलाकारको भूमिका र लुक्स फिल्म रिलिज अगाडिसम्म बाहिर ल्याउन चाहँदैनन् । यसो गर्दा दर्शकमा फिल्मप्रति कौतुहलता बढ्ने उनीहरुको सोचाइ छ ।

तर, अभिनेत्री द्वय केकी अधिकारी र आँचल शर्मालाई भने यो कुराको मतलबै छैन । अहिले ‘झिँगेदाउ’ फिल्मको छायांकनमा व्यस्त उनीहरु दिनहुँ आफ्नो लुक्स सामाजिक सञ्जालमा साझेदार गरिरहेका छन् ।

अहिलेसम्म शहरिया भूमिकाबाट बाहिर निस्कँन नसकेकी आँचलले यो फिल्ममा पहिलो पटक फरक भूमिका निभाउने मौका पाएकी छन् । फिल्ममा उनले विकट गाउँमा बस्ने एक विवाहित महिलाको भूमिकामा निभाएकी छन् । हालै उनले फिल्ममा रहेको आफ्नो लुक्स सार्वजनिक गरेकी थिइन् । जसमा उनलाई साडी चोली लगाएर डोको बोकेको अवस्थामा देखिएको थियो ।

त्यसको केही दिनमा अभिनेत्री केकी अधिकारीले पनि आफ्नो लुक्स सार्वजनिक गरिन् । उनलाई पनि आँचलको जस्तै गेटअपमा देखिएको थियो । अहिले भकुेन्डेबेसीमा सेट निर्माण गरेर छायांकन भैरहेको फिल्ममा आँचल र केकी उस्तै लुक्समा देखिएपछि दर्शकमा यी दुई अभिनेत्रीको भूमिकालाई लिएर कौतुहलता बढेको थियो । अन्ततः आँचलले त्यो पनि खुलाइदिएकी छन् ।

उनले इन्स्टाग्राम स्टोरीमा अभिनेत्री केकीसँगको एक तस्विर साझेदारी गर्दै ‘जेठानी दिदी’ भनेर लेखेकी छन् । अर्थात्, ‘झिँगेदाउ’ मा केकी जेठानी र आँचल देवरानीको भूमिकामा छन् । तस्विरमा दुबैको सिउँदो सिन्दुरले रंगिएको छ । छायांकन सेटबाटै भूमिका र लुक्स सबै भकाभक खुलाएपछि हलमा दर्शक चाहिँ के हेर्न जाने नी आँचलजी रु दर्शकलाई हलमा हेर्न पनि केही राखिदिने कि !

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *