Sajhamanch Archive

विप्लव’ समूहका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङजा जिल्ला इन्चार्जसहित दुई जना गोरखामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको घ्याम्पेशाल चोकबाट बिहीवार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२७ का ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका वडा नंं.१ का ३२ वर्षीय जीवन क्षेत्री रहेको डीएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

पराजुली स्याङजा जिल्ला इन्चार्ज हुन् भने क्षेत्री सामान्य कार्यकर्ता रहेको उनले बताए । उनीहरु बिरुद्ध आज सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएपसी शर्माले बताए ।

 

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *