Sajhamanch Archive

पछिल्लो समय नेपाल प्रहरीको काम प्रशंसायोग्य : गृहमन्त्री थापा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूह छिन्नभिन्न भएको दावी गरेका छन् ।

पछिल्लो समय नेपाल प्रहरीको काम प्रशंसायोग्य रहेको बताउँदै थापाले शान्ति सुरक्षालाई खलल पुर्याउने समूह छिन्नभिन्न भइसकेको दावी गरेका हुन् ।

विप्लव समूहको नाम नलिई उनले यस्तो दावी गरेका हुन् । प्रहरी तालिम केन्द्र महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९को दिक्षान्त समारोहलाई बोल्दै गृहमन्त्री थापाले भने, ‘शान्ति सुरक्षालाई खलल पुर्याउने समूहविरुद्ध प्रहरीको काम प्रशंसायोग्य छ ।’

आपराधिक, विखण्डनकारी र प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहहरुबाट सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा खलल पुग्नसक्ने भन्दै गृहमन्त्री थापाले प्रहरी नेतृत्वलाई सजग रहन समेत आग्रह गरे ।

गृहमन्त्री थापाले भने– ‘प्रहरी निश्चय पनि सहजताको पेसा होइन । कानुन बमोजिम काम गर्न विचलित हुनुपर्दैन । निर्धक्क भएर काम गर्नुहोस् ।’

कानुनले निर्देश गरेको काम नेपाल प्रहरीले सफलतापूर्वक सम्पन्न गर्नुपर्ने दायित्व रहेको भन्दै गृहमन्त्री थापाले नेपाल प्रहरीमाथि नागरिकको ठूलो भरोषा रहेकाले नागरिकको भरोषामाथि खेलवाड नगर्न सचेत गराए ।

जिम्मेवारी निर्वाहमा जो कसैले लापरवाही गर्छ, त्यो संङ्गठनलाई ठूलो घातक हुन्छ,’ गृहमन्त्री थापाले भने, ‘अबको प्रहरी अपराध अनुसन्धानमा मात्र नभई समाजसँग पनि जोडिँदै आएको छ ।’

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *