Sajhamanch Archive

अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई तीन दिनको म्याद थप

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरी माफर्त तेस्रो पटक तीन दिनको म्याद थप गरेको हो ।

प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिन म्याद थपका लागि अदालतसँग अनुमति मागेको थियो ।

आज जिल्ला अदालत सुनसरीले तीन दिनको म्याद थप गरेको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए ।

 

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *