Sajhamanch Archive

सांस्कृतिक स्थलको स्तरोन्नति गर्न भारतले सघाउने

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । नेपालमा विसं २०७२ सालमा आएको भूकम्पबाट क्षतिग्रस्त नेपालका ११ वटा सांस्कृतिक स्थलको स्तरोन्नति गर्न भारतले सहयोग गर्ने भएको छ ।

यसका लागि नेपालमा रहेको भारतीय दूतावास तथा भारतीय कला तथा सांस्कृतिक राष्ट्रिय ट्रस्ट (इन्ट्याच) बीच सम्झौता भएको छ । भारतले नेपालको काठमाण्डौ, ललितपुर, भक्तपुर र सोलुखुम्बुको सांस्कृतिक सम्पदाको स्तरोन्नति गर्न सघाउनेछ ।

भारत सरकारको तर्फबाट मिसन दूतावासका उपप्रमुख अजय कुमार र इन्ट्याच सदस्य सीटी मिश्राले सम्झौतामा हस्ताक्षर गरेका छन् । साथै हस्ताक्षर कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सदस्यहरुको सहभागिता रहेको थियो ।

इन्ट्याच ले नेपालको सांस्कृतिक सम्पदाको स्तरोन्नति गर्न डिजाइन बनाउने र प्रोजेक्टको लागि सल्लाहकारको रुपमा काम गर्नेछ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *