Sajhamanch Archive

हत्या गरेको अभियोगमा कार्की पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सोलुखुम्बु । सोलुखुम्बुमा आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आज बिहान एक युवालाई पक्राउ गरेको छ ।

दुधकोसी गाउँपालिका वडा नंं.३ बस्ने २६ वर्षीय डाकमान कार्की पक्राउ परेका हुन् ।

कार्कीले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय पविधान राईको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

कार्कीलाई नियन्त्रणमा राखेर यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *