Sajhamanch Archive

पौडेललाई फकाउन देउवा पौडेल निवासमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उनकै निवास पुगेका छन् ।

तर पौडेलले १४औं महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको भन्दै अरु कुरा वार्ता समितिसँगै गर्न भनेर पठाएका छन् ।पौडेल समूहले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको थियो, जुन बैठकमा केन्द्रीय विभागहरु थप्र्ने, नेवि संघको म्याद ६ महिना लम्ब्याउने लगायतका प्रस्ताव पेश भएको थियो ।

त्यसको भोलिपल्ट शुक्रबार चाक्सीबारीमा बसेको बैठकले महाधिवेशनको कार्यतालिकाको अडान नछाड्ने निर्णय गर्दै प्रकाशमान सिंहको नेतृत्वमा वार्ता समिति बनाएको छ ।आज सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेल निवास बोहोराटार पुगेका थिए ।

भेटमा देउवाले विभाग गठन र तरुण दलको म्याद थपका लागि सहयोग गर्न आग्रह गरेका थिए । ‘महाधिवेशनको कार्यतापलिका नबनाउने भनेकै छैन’ उपसभापति निधिले भने, राधेश्याम अधिकारीको नेतृत्वको निर्वातन समितिले अन्तरिम संरचनाको समायोजना काम सकिसकेपछि कार्यतालिका बनाउने निर्णय पनि छ ।’

महाधिवेशनको कार्यतालिका बनाउन केन्द्रीय समितिको म्याद थप पनि गर्नुपर्ने देउवाको भनाइ थियो ।

तर वरिष्ठ नेता पौडेलले महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको जवाफ दिएका छन् । ‘महाधिवेशनको कार्यतालिकालाई टेबलमा अगाडि राखेर अरु समस्याहरु परस्परिकताका आधारमा सुल्झाएर जानुपर्छ’ नेता पौडेलले भनेका छन् ।

उनले अरु विषयमा आफूसँग नभई वार्ता समितिसँग सम्वाद गर्न आग्रह गरेका छन् । पौडेल समूहले प्रकाशमान सिंह र हृदयराम थानी रहेको वार्ता समिति बनाएको छ भने सभापति देउवाले उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका छन् ।दुई नेताबीच भएको छलफलअनुसार निधिले सिंहलाई भेट्न चाहेका छन् तर समय मिलेको छैन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *