मेची सहकारी र जल उपभोक्ता कृषि सहकारी एकीकरणको औपचारिक घोषणा
Published: (Updated: )
by .उर्लाबारी । झापाको दमकमा अवस्थित मेची सहकारी संस्था र उर्लाबारीको जल उपभोक्ता कृषि सहकारी संस्था लिमिटेडबीच एकीकरणको आज औपचारिक घोषणा गरिएको छ ।
मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा भएको सहकारी एकीकरण घोषणा कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सदस्य रमेशप्रसाद पोख्रेल रहेका थिए ।
जल उपभोक्ता कृषि सहकारी संस्थाको हालको शेयर पुँजी १२ लाख रहेको छ भने वासलात ५० लाख पुगेको छ । गत बिहीवार दमकको जलपादेवी सहकारी संस्थासँग एकीकरण गरेको मेची सहकारीले नारायणप्रसाद भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
त्यसैगरी संस्थाको उपाध्यक्षमा पदम थापा,सचिवमा राजिन्द्रप्रसाद दाहाल, कोषाध्यक्षमा शान्ता डाँगी , सदस्यहरुमा डिल्लीप्रसाद न्यौपाने ,गिरीराज नेपाल, रामकुमारी तामाङ, मिना कोइराला,खेमराज घिमिरे ,सुकदेव लुइँटेल ,पुष्पराज तिम्सिना रहेका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा काशीनाथ थपलिया तथा सदस्यहरुमा सुमित्रा भण्डारी र हरिप्रसाद चापागाईं रहेका छन् ।
सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अपेक्षा पुरा गर्ने लक्ष्यलाई आत्मासाथ गर्दै सहकारी अभियान अगाडि बढेको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सदस्य रमेशप्रसाद पोख्रेलले बताए ।
सहकारीमा म भन्ने शब्द प्रयोग गरिदैन हामी भन्ने शब्द प्रयोग गरिने भएकाले मेची सहकारी संस्था तथा जल उपभोक्ता सहकारी संस्थाको वित्तीय क्षेत्र मजबुत बनाउन शेयर सदस्य र सन्चालकहरु एकजुट भएर अघि बढ्नु पर्ने र संस्थालाई बलियो बनाउनु पहिलो प्राथमिकता रहेको बताए ।
पोख्रेलले विभिन्न देशमा रहेका सहकारीको बारेमा उदाहरण दिदै उनीहरुले वित्तीय क्षेत्रमा प्राप्त गरेका उपलब्धिलाई मध्यनजर गरेर नेपालको सहकारी क्षेत्रलाई पनि गुणस्तरीय बनाउनु जरुरी रहेको बताए ।
जल उपभोक्ता सहकारी संस्थाका सचिव सुनिल धिमालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रम सन्चालन मेची सहकारी संस्थाका कोषाध्यक्ष पदम थापाले गरेका थिए ।
Comments