Sajhamanch Archive

चन्द्रगढी सामुदायिक प्रहरी सेवाकेन्द्रमा नयाँ कार्यसमिति चयन

Published: in विविधा by .

भद्रपुर । चन्द्रगढी सामुदायिक प्रहरी सेवा केन्द्रको तेस्रो साधारण सभाले ज्ञानबहादुर चौहानको अध्यक्षतामा १३ सदस्यीय नया समिति गठन गरेको छ ।

३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा बाबुराम कार्की, सचिव डम्बरबहादुर वन, सहसचिव तुलसी घिमिरे र कोषाध्यक्षमा मिरा सञ्जेललाई सर्व सम्मत चयन गरिएको हो ।

दुर्गाप्रसाद पाठकको अध्यक्षता तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दुर्गाप्रसाद भट्टराई, विनोद पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *