Sajhamanch Archive

आदर्श साकोसको स्थापना दिवसमा दर्जन बढी सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले १४ औं वार्षिकोत्सव तथा स्थापना दिवस मनाएको छ । संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवश मनाएको हो ।

शिवसताक्षी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष छविलाल पाठकले कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा बोल्दै अध्यक्ष पाठकले प्रारम्भिक अवस्थामा सहकारी संस्थालाई जनताले विश्वास गरिहाल्ने अवस्था नभए पनि हाल सहकारी अभियानले सहकारीप्रति जनविश्वास बढेको बताए । उनले दूधे बजारकै जेठो सहकारी भएकाले पनि आदर्श साकोस अरु संस्था भन्दा विश्वासिलो रहेको दावी गरे ।

कार्यक्रममा संस्था स्थापनाकालमा कार्यसमितिमा रहेर काम गर्ने पूर्व सञ्चालकहरु उपाध्यक्ष सुकबहादुर जबेगु, लेखा संयोजक डम्बर खड्का र सदस्य आशा चौधरीलाई सम्मान गरिएको छ । त्यस्तै हाल सहकारीमा कार्यरत संकलक तीर्थ कुमारी घिमिरे, लक्ष्मीमाया पोखरेललाई पनि संस्थाले सम्मान गरेको थियो । उनीहरुलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले जानकारी दिए ।

संस्थाले स्थापना दिवशकै अवसर पारेर असल बचत कर्ता लक्ष्मी उप्रेती, रेणुका दाहाल(घिमिरे), भीष्मप्रसाद खरेल, सीतामाया सेनेहाङ्ग, सन्तोष थोप्रा र प्रेम बोहोरालाई सम्मान गरेको छ । त्यसैगरी असल ऋणीहरुमा सागर दंगाल, राधिका तिवारी, जानुकी चौधरी, मदन बेघालाई प्रसंसा पत्रद्वारा सम्मान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रमा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई अड्कलबाजी प्रतियोगिता गरिएको थियो । जसमा कौशिला खरेलले विजेताले प्रथम स्थान हासिल गरिन् । खेलमा १६ जना ज्येष्ठ नागरिक सहभागी भएका थिए । त्यसैगरी महिलाहरुको खेल म्युजिकल चियर प्रतियोगितामा यसोदा घिमिरे प्रथम, मञ्जु बजगाईँ द्वितीय र देवीमाया घिमिरेले तृतीय स्थान हासिल गरे । उनीहरुलाई संस्थाले प्रमाण पत्र प्रदान गरेको थियो । त्यस्तै ९ देखि ११ वर्ष समूहका बालबालिकाहरुको १०० मिटर दौडमा सलिना विष्ट प्रथम, अनस्का श्रेष्ठ द्वितीय र सिरिसा श्रेष्ठले तृतीय स्थान हासिल गरेका थिए ।

कार्यक्रमा संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले संस्थाको तर्फबाट प्रतिवेदन बाचन गर्दै संस्थाले हालसम्म गरेका गतिविधी र भावी लक्ष्यका विषयमा प्रष्ट पारेका थिए । संस्थाका उपाध्यक्ष निलकृष्ण खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *