Sajhamanch Archive

मनकामना टप थ्री अडिसन

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज, by .

बिर्तामोड । मनकामना माध्यमिक विद्यालयमा सञ्चालन भइ रहेको सिङ्गिङ् आईकन र डान्स स्टारको टप थ्री को अडिसन आज सम्पन्न भएको छ ।

पछिलो समय रास्ट्रिय तथा अन्तरास्ट्रियस्तरका टेलिभिजन सो मार्फत हुने यस्ता सो ले सबैको ध्यानाकर्षण गराएको पनि छ।अतिरिक्त क्रियाकलापमा बालबालिका तथा अन्य क्षेत्रमा रुचि भएकाहरुले पाएको अवसरले पनि यस्ता कार्यक्रमको महत्त्व बढेको पाइन्छ।

यस्तै बिर्तामोडमा रहेको मनकामना बिद्यालयले गरेको नृत्य तथा गायन प्रतियोगिताले पनि अभिभावक र विद्यार्थीहरुमा महत्त्वपूर्ण र प्रतिस्ठाको रुपमा हेरेका छन् ।अघिल्लो वर्षबाट शुरु भएको प्रतियोगितालाई बिद्यालयले यो बर्ष पनि निरन्तरता दिएको छ।

आज भएको अडिसनबाट नृत्य तर्फ दिक्षा गुरुङ ,आयुसा लिम्बू र संयोग श्रेष्ठ यसैगरी गायनतर्फ सन्देश वि क,सोनु लिम्बू र प्रतिभा तामाङ यो अडिसनसँगै टप थ्रि मा प्रवेश गरेका हुन् ।

गत जेष्ठबाट शुरु भएको आईकनमा ३ सय ५० जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो । ।जसमा गीत तर्फ १ सय ६७ र नृत्य तर्फ १ सय ८३ जनाले सहभागीता जनाएका थिए।

बिद्यार्थीहरुको आन्तरिक क्षमता कला उजागर गर्न प्रतिस्पर्धा गराइएको बिद्यालयका प्रधानाध्यापक केशव ढुङगानाले जानकारी दिए।

पढाई संगै अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई थप हौसला प्रधान गरेको छ।अभिभावकको उपस्थितिमा गत बर्ष गायन तर्फमात्र गरिएको प्रतियोगिता यस बर्ष भने नृत्यलाई पनि जोडिएकोले विद्यार्थीहरुमा थप उत्साह थपिएको सह-प्रधानाध्यापक धुर्ब गौतमले बताए ।

यस अगाडि प्रतियोगी टप टेनमा पर्नेलाई झापा, इलाम लगायतका विभिन्न ठाउँको अवलोकन भ्रमण समेत गराइएको थियो।

अडिसनको निर्णायक मण्डलमा शिक्षक लोकेन्द्र थपलिया र आकाश शिवाकोटी रहेका छन् । बिजेताले सोहि स्कुलमा १ बर्ष निशुल्क शिक्षा,पोशाक, शैक्षिक सामाग्री तथा उपहारहरु प्राप्त गर्ने जनाइएको छ।

बिद्यालयमा पढाउँदै गित,नृत्य तथा उद्घोषण जस्ता अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाइ सहभागी गराइदै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *