Sajhamanch Archive

बुहारीलाई छोरी बनाएर अन्माएपछि…..!

Published: in समाज by .

दमक । झापाको कन्काई नगरपालिका ५ तुलसीबारीको एक परिवारले आफ्नै बुहारीलाई छोरीको रूपमा विवाह गरी अन्माएका छन् ।

स्थानीय पौडेल परिवारले ६ वर्ष अघि विवाह गरेर घरमा भित्र्याएकी बुहारीलाई छोरीका रूपमा बुधबार दोस्रो विवाह गरिदिएका हुन् । स्थानीय धनपति पौडेल र टिकामाया पौडेलले आफ्ना छोरा स्व. प्रकाश पौडेलसँग पहिलो विवाह गरेर ल्याएकी बुहारी झापाको साविक पथरिया गाविस (हाल कचनकवल) का हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेको आधुनिक शैलीमा दोस्रो विवाह गरिदिएका हुन् ।

पौडेल परिवारले सोही ठाउँमा घर भई हाल धनकुटामा व्यापार-व्यवसाय गर्दै आएका लेखनाथ मिश्रसँग बुहारीलाई कोटीहोमस्थित मिश्र समाज सेवा समितिको मन्दिर परिसरमा आधुनिक शैलीमा टिका टालो लगाएर आशीर्वाद दिँदा मुक्तकण्ठले प्रशंसा गर्दै गडगडाहड ताली बजाए । बुहारीलाई बेहुली बनाएर छोरीका रुपमा दोस्रो विवाह गरिदिन पाउँदा आफूलाई सन्तुष्टि मिलेको आशाका ससुरा पौडेलले बताए ।

उनले भने, ‘नहुनुपर्ने घट्ना भइदियो बुहारीले छोराको साथ लामो समय पाउन सकिनन् । यो उमेरमा त्यसै राख्नुभन्दा उनको भविष्यलाई हेरेर विहे गरिदिने निधो गरें’ पौडेलले भने ।

बेहुला मिश्रकी पहिलो श्रीमति मुनाको करिब अढाई महिना अघि पाठेघरको क्यान्सरका कारण मृत्यु भएको हो । दुवैजना सहाराविहीन भएर बस्नु भन्दा विहे गरेर दुवैको पारिवारिक जीवन सुखयम हुने आशा र विश्वासका साथ काफ्ले परिवारको समेत सहमति र समझदारीमा पुरातन संस्कार र मान्यतालाई तोड्दै आफूहरूले बुहारीको विवाह गरिदिने निधो गरेको पौडेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *