Sajhamanch Archive

खोटाङ बजारमा आगलागी : झण्डै ६० लाख बराबरको क्षति !

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

खोटाङ । विद्युत् सर्ट हुँदा खोटेहाङ गाउँपालिका वडा नंं. ७ को खोटाङ बजारमा रहेको माणिकलाल प्रधानको घरमा आगलागी भएको छ ।

मोबाइल र स्टेसनरी पसल सञ्चालन हुँदै आएको प्रधानको घरमा सोमबार राति आगलागी हुँदा लाखौँको क्षति भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

आगलागीमा प्रधानको घरमा सञ्चालित खोटेहाङ गाउँपालिका वडा नंं.६ ईन्द्रेणी पोखरीका रमेश राईको मोबाइल पसल र खोटाङ बजारकै घनश्याम फुयाँलको स्टेसनरी पसल पूर्णरुपमा जलेको छ ।

मोबाइल पसलबाट सुरु भएको आगलागीमा घरका मालिक प्रधानको झण्डै ३० लाख, मोबाइल पसल सञ्चालक राईको १८ लाख र स्टेसनरी सञ्चालक फुयाँलको १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) आमोदकुमार खेरवारले बताए ।

प्रधान परिवार भने काठ्माण्डौमा बस्दै आएका छन् । प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिएका थिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *