Sajhamanch Archive

हतियारसहित तीन जना पक्राउ

Published: in राष्ट्रिय समाचार by .

रौतहट । रौतहटबाट हतियारसहित तीन जना पक्राउ परेका छन् ।

बाराको सुवर्ण गाउँपालिका वडा नं.६ का उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका वडा नं.६ का राम आधार साह र रौतहटको पर्रोहा नगरपालिका वडा नं.४ पोखरीयाका छोटेलाल साह हतियारसहित पक्राउ परेका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरुलाई राजपुर नगरपालिका वडा नं.३ मा मंगलबार राति प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट २ राउण्ड गोली र १ थान कटुवा पेस्तोल बरामद गरेको हो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *