Sajhamanch Archive

बोहोराटारमा कांग्रेसको अलमल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । बिहीबारदेखि जारी काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ ।

बरिष्ठ नेता पौडेल पक्षका नेताहरु उनको निवास बोहोराटारबाट सानेपा नगएपछि बैठक स्थगित भएको हो । यसअघि सोमबार पनि पौडेल पक्ष उपस्थित नभएपछि काँगे्रस बैठक स्थगित भएको थियो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शार्माले पूर्ण सहमतिको खोजिका लागि आजको बैठक स्थगित गरिएको जानकारी दिए । उनका अनुसार आगामी बैठक पुस ४ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

पूर्वमहामन्त्री कृष्ण सिटौलासहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा.रामशरण महत, डा. शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, कल्याण गुरुङ र हृदयराम थानीलगायतका नेताहरु बोहोराटारमा आन्तरिक छलफलमा व्यस्त छन् ।

अधिकारीका अनुसार १२ बजेदेखि छलफलमा जुटेका पौडेल पक्षका नेताको बैठक ३ बजेसम्म सकिएको छैन । देउवा पक्षले सहमति नभएका विषयमा पार्टी कार्यालय सानेपामा छलफलका लागि पौडल पक्षलाई बोलाइएको थियो । उनीहरु बोहोराटारमै अल्मलिएपछि देउवाले आजको बैठक शुक्रबारलाई सारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *