आईपीएलको अक्सन आज
Published: (Updated: )
by .एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को अक्सन आज कलकत्तामा हुँदैछ ।
आईपीएलको १३ औं संस्करणका लागि १ सय ८६ भारतीय र १ सय ४६ गैरभारतीय खेलाडीबीच अक्सन हुन लागेको हो ।आईपीएलमा सहभागी ८ क्लबले बोलकबोलमा खेलाडी भित्र्याउने छन् । क्लबहरूसँग न्यूनतम १८ लाख डलरदेखि ६० लाख डलरसम्म अक्सनका लागि बाँकी छ ।
साविक विजेता मुम्बई इन्डियन्सले यो सिजनमा १ करोड २ लाख डलर खर्च गरिसकेको छ । अक्सनका लागि मुम्बईसँग १८ लाख डलर बाँकी छ । उसले दुई भारतीयसहित ७ जना खेलाडी लिन पाउँछ ।
९९ लाख डलर खर्चिसकेको चेन्नई सुपर किंग्सको २१ लाख डलर बाँकी छ । चेन्नई गत सिजनको उपविजेता हो ।दिल्ली क्यापिटल्ससँग अक्सनका लागि ३९ लाख डलर छ । किंग्स–११ पन्जाबबाट अजिंके रहानेलाई भित्र्याइसकेको दिल्लीले ८१ लाख डलर खर्च गरिसकेको छ । दिल्लीले रिटेन गरिसकेकाले सन्दीप लामिछाने भने अक्सनमा सहभागी हुने छैनन् । उनलाई दिल्लीले दोस्रो पटक रिटेन गरेको हो ।
यस्तै, बढीमा ९ जनासम्म खेलाडी लिनसक्ने किंग्स–११ पन्जाबसँग ६० लाख डलर बाँकी छ । ६० लाख डलर खर्च गरिसकेको कलकत्ता नाइट राइडर्सको ५ लाख डलर बचेको छ । राजस्थान रोयल्सले ४१ लाख डलर खर्चेर खेलाडी अनुबन्ध गर्नसक्नेछ । उसले ७९ लाख डलर खर्च गरिसकेको छ ।
गत सिजनमा अंक तालिकाको पुछारमा रहेको रोयल च्यालेन्जर्स ब्यांगलौरले १२ जनासम्म खेलाडी लिन सक्नेछ । ब्यांगलौरको ३९ लाख बाँकी छ । सनराइजर हैदरावादको अक्सनका लागि २४ लाख डलर बँचेको छ । उसले ९६ लाख डलर खर्च गरिसकेको छ ।
Comments