Sajhamanch Archive

ट्याक्सीको ठक्करबाट युवतीको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौँ । ललितपुरको बालकुमारीस्थित खरिबोट नजिकै आज बिहान ट्याक्सीको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

बा२ज २८०६ नम्बरको ट्याक्सीले बिहान पौने ४ बजे अन्दाजी २५ बर्षीया युवतीलाई ठक्कर दिएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

महिलाको शवलाई पाटन अस्पतालमा राखिएको छ । मृककको सनाखत हुन बाँकी छ । ठक्कर दिने ट्याक्सीसहित चालकलाई प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *