Sajhamanch Archive

भगवती माविका ६५ जना विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by .

शिवसताक्षी । झापामा अत्यधिक चिसो बढेका बेला भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ ।

शुक्रबार शिवसताक्षी नगरपालिका वडा नं. ७ व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयका गरिव तथा जेहेन्दार ६५ जना विद्यार्थीहरुलाई जाडोमा सुइटर वितरण गरिएको हो । शिवसताक्षी ११ दूधेका स्थानीय गणेशप्रसाद खरेल उहाँकी धर्मपत्नी सुमित्रा खरेल, शेरबहादुर तामाङ र कुलप्रसाद राजवंशीले संयुक्त रुपमा ६५ थान सुइटर वितरण गरेका हुन् ।

खरेलले ५० थान, तामाङ्गले १० थान र राजवंशीले ५ थान गरी २५ हजार बराबरको सुइटर वितरण गरेको विद्यालयका प्र.अ. रमेश दाहालले जानकारी दिए । उक्त सुइटर शिवसताक्षी नगरपालिकाकी उपमेयर तथा कार्यक्रमकी प्रमुख अतिथि भोजकुमारी नेपाल र दाता परिवारले संयुक्त रुपमा विद्यार्थीहरुलाई प्रदान गरेका थिए ।

आफ्ना बुबाले स्थापना गरेको विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गर्ने मौका पाउँदा आफुलाई खुसी लागेको दाता गणेस प्रसाद खरेलले बताए । उनले सामुदायिक विद्यालयहरुमा आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोरा छोरीहरु पढ्ने भएकाले जाडो लगाउने कपडा नभएका कारण पढाईबाट बन्चित हुनु नपरोस भनेर सुइटर वितरण गरेको जानकारी दिए ।
कार्यक्रमको सञ्चालन शिक्षक लोकमणी गौतमले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *