Sajhamanch Archive

भारतमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु, प्रहरी र प्रदर्शनकारी घाइते

Published: in विविधा, विश्व समाचार by .

काठमाडौं । भारतमा विवादास्पद नागरिकता संशोधनसम्बन्धी कानुनविरुद्ध भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशका अधिकांश विभिन्न जिल्लामा भड्किएको हिंसामा उनीहरुको मृत्यु भएको हो । प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आगजनी गरेका छन् ।

उनीहरुले सवारी साधनमा आगजनी गर्नुका साथै प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

३२ प्रदर्शनकारी र आठ भन्दा बढी प्रहरी पनि घाईते भएका छन् । ठूलो संख्यामा प्रदर्शनकारी पक्राउ परेका छन् ।

शुक्रवारे प्रार्थनामा भाग लिएकाहरु राजधानी दिल्लीको प्रदर्शनमा सहभागी भएको बताइएको छ ।

नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै चर्किएको आन्दोलनमा १३ जनाको मृत्यु भैसकेको छ ।

विगत दुई हप्तादेखि आन्दोलन भैरहेको छ । नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेश गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र ईसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् । भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानुनी व्यवस्था छ ।

अंगीकृत नागरिकताका लागि भने ६ वर्ष मात्र बसेको वा काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । (ऐजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *