Sajhamanch Archive

ए डिभिजन लिग : जाउलाखेल युथ क्लबको पहिलो जित

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबले पहिलो जित निकालेको छ ।

आज भएको खेलमा जाउलाखेलले सरस्वती युथ क्लबलाई एक शून्यले हरायो । सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा जाउलाखेलले सरस्वतीलाई पाखा लगायो । पहिलो खेलमा थ्रीस्टारलाई बराबरीमा रोकेको जाउलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाको एकमात्र गोल निर्णायक बन्यो ।

उनले खेलको १० औंँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । जारी प्रतियोगितामा केही कमजोर मानिएको सरस्वतीले त्यसपछि खेलमा फर्कन निकै प्रयास गरे पनि उसको फ्रन्टलाइन सफल हुन सकेन । जारी प्रतियोगितामा सरस्वतीको यो लगातार दोस्रो हार हो ।

यसअघि सरस्वती क्लब एनआरटीसँग चार शून्यले पराजित भएको थियो । जितपछि जाउलाखेलको दुई खेलमा तीन अंक भएको छ भने सरस्वती अंकविहीन रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *