Sajhamanch Archive

पीएसजीको जीतमा एमबाप्पेको दुई गोल

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by .

 स्टार खेलाडीत्रय केलियन एमबाप्पे, नेयमार र माउरो इकार्डीले गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले एमेइन्सलाई ४–१ गेलले हरायो ।

पीएसजीको जितमा एमबाप्पेले दुई तथा नेयमार र इकार्डीले एक–एक गोल गरे । एमेइन्सका स्टेभिन मेन्डोजाले एक गोल फर्काएका थिए । एमबाप्पेले १०औं मिनेटमा नेयमारको पासमा पहिलो गोल गरेका थिए । त्यसपछि ४७ औँ मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । नेयमारले इकार्डीको पासमा गोल गरेका थिए ।

६५ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । उनले एन्जल डी मारियाको पासमा गोल गरेका थिए । ७० औँ मिनेटमा एमेइन्सका स्टिभिनले सान्त्वना गोल फर्काए । ८४ औँ मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई सहज जित दिलाए । जीतसँगै शीर्ष स्थानमा पकड जमाएको पीएसजीले १८ खेलबाट ४५ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेलीको १९ खेलबाट ३८ अङ्क छ । १७ अङ्क बनाएको एमेइन्स १८औं स्थानमा छ । (एजेन्सी )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *