Sajhamanch Archive

मिनिट्रक दुर्घटना हुँदा दुई जना मजदुरको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नं.६ को मूलथलामा आज बिहान मिनिट्रक दुर्घटना हुँदा सडक निर्माणमा संलग्न दुई जना मजदुरको ज्यान गएको छ ।

सडकमा काम गर्ने मजदुर बोकेर निर्माणस्थलतिर जाँदै गरेको बा २ ख ७९१० नम्बरको मिनिट्रक खोल्सामा मोड्ने क्रममा सडकदेखि ५० मिटर तल खसेको हो ।

दुर्घटनामा सडक निर्माणमा खटिएका खोटाङका १९ वर्षीय अनिल तामाङ र रसुवा नौकुण्ड गाउँपालिका वडा नंं.३ का १८ वर्षीय सुदीप तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले जानकारी दिए ।

त्यस्तै दुर्घटनामा घाइते भएका ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *