Sajhamanch Archive

आगलागीबाट ६ लाख मुल्य बराबरको क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बारा । बाराको सिम्रौनगढ नगरपालिका वडा नंं.११ लक्ष्मिनिया टोलमा आगलागी भएको छ ।

चिसोबाट बच्न बालेको घुरबाट सल्केको आगोले स्थानीय शम्भु भगत मालीको घरगोठ जल्दा करिब ६ लाख मुल्य बराबरको क्षति भएको बारा प्रहरीले जनाएको छ ।

आइतबार राति मालीको खपडाको छाना भएको घर र गोठमा आगलागी हुँदा लत्ताकपडा, अन्नपात, मोटरसाइकल लगायतका सामान जलेको पीडितले बताएका छन् ।

प्रहरीका अनुसार आगलागीबाट मालीको गोठमा रहेको तीन वटा भैंसी र चार वटा बाख्रा समेत जलेका छन् ।

सिमरौनगढ नगरपालिकाको दमकल, प्रहरी चौकी कचोर्वाका प्रहरी र स्थानीयबासिन्दाको सक्रियतामा आगोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *