Sajhamanch Archive

ट्रकसँग एम्बुलेन्स ठोक्किँदा एक जनाको ज्यान गयो, चार जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सुनसरी । सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् ।

सुनसरीको नरसिंह गाउँपालिका वडा नं.५ सुनसरी पुलमा आज बिहान ट्रकसँग बिरामी बोकेर गइरहेको को १ च ४९६ नम्बरको एम्बुलेन्स ठोक्किएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नम्बरको ट्रकको पछाडी सोही दिशातर्फ गइरहेको एम्बुलेन्स ठोक्किएको थियो ।

बिहान सवा ८ बजे भएको सो दुर्घटनामा एम्बुलेन्समा सवार बिरामी उदयपुरको गढी नगरपालिका वडा नं.५ का ५० वर्षीय चेतबहादुर विकको मृत्यु भएको हो । जिल्ला अस्पताल पु¥याउनसाथ विष्टलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक, परिचालकसहित चार जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा भर्ना गरिएको छ । दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते चार जनाकै अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *