Sajhamanch Archive

पत्रकार शर्मालाई नेकपा नेताले गुण्डा लगाएर कुटेको आरोप

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेताले पत्रकारलाई गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मालाई नेकपाका ५ नम्बर प्रदेश समिति सदस्य पुजन विश्वकर्माले गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाएको छ ।

यस विषयमा नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पुस ६ गते बाँकेको कोहलपुरस्थित युगयान दैनिकको कार्यालय अगाडि बोलाएर विश्वकर्माले पत्रकार शर्मालाई गुण्डा लगाई कुटपिट गराएको महासंघको भनाइ छ ।

‘कुनै पनि बहानामा पत्रकारमाथि गुण्डा लगाई कुटपिट गरिएको यो घटना आफैंमा निन्दनीय र आपत्तिजनक छ । महासंघ दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकार सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग माग गर्दछ’, महासंघका महासचिव रमेश विष्टले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *