७५ जना चिनियाँ नागरिक पक्राउ
Published: (Updated: )
by .काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट ७५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । काठमाडौंको मनमैँजु र बाँसबारी क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका ७५ जना चिनियाँ नागरिकलाई अहिले केन्द्रीय अनुसन्धाान ब्यूरोमा राखिएको छ ।अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो र काठमाडौं प्रहरीको संयुक्त अप्रेशनमा उनीहरुलाई पक्राउ गरिएको हो ।
बाह्रखरी
Comments