Sajhamanch Archive

कोहेडमा फुड फेस्टिवल

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

बिर्तामोड । बिर्तामोडस्थित कमनर्स होम फर एजुकेशन (कोहेड)मा आज विद्यार्थीले फुड फेस्टिवल आयोजना गरेका छन्।

विद्यालयमा रहेको सगरमाथा टिन्ज क्लबको आयोजनामा भएको फेस्टीबलमा कक्षा ७ देखि १० सम्म अध्ययनरहत विद्यार्थीहरुले चारवटा स्टलहरु राखेका छन् ।

विद्यालयको प्रागंडमा आयोजना गरिएको फेस्टिबलमा विद्यार्थीहरुले भेज पकौडा, फ्राइ राईस, पानी पुरी, म: म, पुरी सब्जी, चटपटे, चना फ्राई लगायतका विभिन्न परिकारहरु तयार पारेका छन् ।

विद्यालयको ओबिटी प्रयोगात्मक कक्षालाई लक्षित गरेर विद्यार्थीहरुले सिकेको ज्ञानलाई उजागर गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरेको विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले बताए ।

आफुले सिकेको ज्ञानलाई विद्यालयमा फेस्टिवल आयोजना गरेर सबै समक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको टिन्ज क्लबका उपाध्यक्ष प्रगति राजवंशीले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *