Sajhamanch Archive

बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

डडेल्धुरा । डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अमरगढी नगरपालिका वडा नंं.११ सल्लाघारीका २० वर्षीय भरत बोहरा रहेका छन्।

आज दिउँसो १ बजेतिर अमरगढी नगरपालिका वडा नं.१ लिसा कम्पनीनजिकै बस र मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

महेन्द्रनगरबाट बझाङ आउँदै गरेको ना ७ ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायलतर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार बस र मोटरसाइकल ठोक्किँदा घाइते गम्भीर भएका बोहरालाई डडेल्धुरा अस्पताल पु(याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा गन्यापधुरा गाउँपालिका वडा नं.३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना रहेका छन्। घाइते भएका उनको डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *