Sajhamanch Archive

घुस लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षक र हवलदार पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

रुपन्देही । रुपन्देहीमा घुस लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षक (डीएसपी) र हवालदारलाई अख्तियारले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका अनुसार सशस्त्र प्रहरी बेस क्याम्प बिष्णुपुराका प्रमुख तथा प्रहरी निरीक्षक तेजबहादुर जोरा र सहायक हवलदार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन ।

उनीहरुलाई गैडहवा गाउँपालिका वडा नंं. ३ को सगरहवाबाट नियन्त्रणमा लिइएको आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

उनीहरुले घरायसी सामग्री ओसारपोसारमा सहयोग गरिदिने भन्दै घुस लिएका थिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *