Sajhamanch Archive

सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

हेटौंँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ मा आज दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

त्यस्तै दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । हेटौँडा–काठमाण्डौ छोटो दुरीको मार्गअन्तर्गत काठमाण्डौबाट चपुर आउँदै गरेको ना १ ज ३४३३ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिकाको ओखलडाँडा सडकबाट तल खसेको हो ।

घटनामा ज्यान गुमाएकाहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *