Sajhamanch Archive

सिद्धबाबा प्रकरण : अदालतबाहिर गिरीको पक्षमा भजन र बिपक्षीमा नाराबाजी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इटहरी । बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबाबा कृष्णबहादुर गिरीको विरोध र समर्थनमा अदालतबाहिर होहल्ला भएको छ।

जिल्ला अदालत सुनसरीमा थुनछेक बहस चलिरहँदा कृष्ण गिरीको पक्षमा भजन र बिपक्षीमा नाराबाजी भइरहेको छ। स्वतन्त्र महिलाको नाममा बाबालाई हदैसम्म कारबाही हुनुपर्ने मागसहित आन्दोलन भइरहेको छ।

बाबाको पक्षमा भने हनुमान चालिसादेखि श्री राम भजन गाइएको छ। जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेती एक नम्बर बन्द इजाजसमा यतिबेला थुनछेक बहस जारी छ। ठूलो संख्यामा अदालतबाहिर मुद्दाको पक्ष र विपक्षमा धर्ना भइरहेको छ। आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आइसियुबाटै उनलाई नियन्त्रणमा लिएको थियो।

उनलाई पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र तेस्रो पटक ३ दिन चौथो पछिल्लो पटक ७ दिनको र पाँचौं पटक ३ दिनको म्याद थपिएको थियो।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *