Sajhamanch Archive

‘अन्तराष्ट्रिय साहित्य महोत्सव’ काठमाडौंमा सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । ‘अन्तराष्ट्रिय साहित्य महोत्सव’ काठमाडौंमा सुरु भएको छ । नेसनल कलेजको आयोजनामा महोत्सव आजबाट सुरु भएको हो । महोत्सव तीन दिनसम्म चल्नेछ ।

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले महोत्सवको उदघाटन गरे । महोत्सवको पहिलो दिन नेपालका तर्फबाट प्रा. डा. अभि सुवेदी र कोरियाका प्रा.ब्रोडर एनटोनी हुन् ।अभि सुवेदीले एसियन साहित्यका बारेमा आफ्नो व्यक्तिगत भनाइ प्रस्तुत गरेका हुन् । भने विदेशी वक्ता एनटोनीले अनुवादले विश्वलाई जोड्ने र शान्तिलाई बढावा दिने कुरामा जोड दिएका हुन् ।

तीन दिने महोत्सवमा दुई दिन एकेडेमीक र अन्तिम दिन अन्तर्राष्ट्रिय पाहुनालाई काठमाडौं, ललितपुर तथा भक्तपुरका ऐतिहासिक र सांस्कृतिक धरोहर भ्रमण गराउने तयारी रहेको महोत्सवका संयोजक भिष्म सुवेदीले बताए ।

२ दिनको एकेडेमिक फरम्याट ५–५ सेसनको रहेको छ ।

पहिलो दिन मुख्य वक्ताहरूबाट प्रस्तुति सँगै ‘एक्सप्रलोरिङ एसिया’ अन्तर्गत स्वदेशी तथा विदेशी साहित्यकारहरूद्वारा आ–आफ्नो कविताको केही अंश वाचन रहेकको छ ।
भने ‘एक्सप्रालोरिङ एसिया’ अन्तर्गत नै दोस्रो सत्रमा फिक्सन अन्तर्गत ३ जना वक्ताले प्रस्तुति दिने छन् ।

त्यसपछि ‘शब्दमा समाज प्रतिबिम्बित’ मा प्यानल छलफल र ‘बियोन्ड बाउन्ड्री’ अन्तर्गत कविता वाचन नै रहेको छ ।

काठमाडौं बाहिर साहित्य महोत्सव भइरहे पनि काठमाडौंमा भने लामोसमयदेखि साहित्य महोत्सवको आयोजना नभएका कारण यो महोत्सव आयोजना गरेको महोत्सव संयोजक उप्रेतीले बताए । सँगै उनले थपे, “अर्को भनेको नेपाली र विदेशी साहित्यलाई जोड्न र नेपालमा पनि राम्रो साहित्यको माहोल र साहित्यकारहरू छन् भनेर देखाउन पनि हामीले यो महोत्सवको आयोजना गरेका हौँ ।”

कलेजका विद्यार्थीको कविता वाचन सत्र पनि राखिएको छ । जसको उद्देश्य भनेको विद्यार्थीलाई पनि साहित्यमा मौका दिएर उनीहरूको साहित्यप्रतिको रुची र लगाव बढाउनु रहेको उप्रेतीले बताए ।

महोत्सवमा नेपाल लगाउत भारत, बंगलादेश, श्रिलंका, कोरिया, अस्ट्रेलिया, कम्बोडिया, हङकङ अमेरिकाका साहित्यकारहरूको सहभागिता रहेको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *