आयोजक र वडा नम्बर १ सेमीफाइनलमा प्रवेश
Published:
by .मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत शुत्रबार भएको क्वाटरफाइनल खेलमा आयोजक र वडा नम्बर १ विजयी हुदैं सेमीफाइनलको यात्रा तय गरेका छन् ।
मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक सडनडेथमा भाग्यमानी सावित भयो ।
निर्धा्रित समयमा आयोजकको तर्फबाट मनकुमार लिम्बु र वडा नम्बर १३ तर्फबाट पासाङ तामाङले एक÷एक गोल गरे । दुवै टिमबाट समान गोल भए पछि खेल टाईबेकरमा धकेलिएको थियो । त्यसमा पनि बराबरी भएपछि नतिजा सडनडेथको माध्यमबाट निकालिएको हो । जसमा आयोजक विजयी भयो ।
खेलको म्यान अफ दी म्याच आयोजकका सन्तोष धिमाल घोषित भए । उनलाई मेचीनगर ४ का वडा अध्यक्ष तथा मेचीनगर खेलकुद समितिका संयोजक नविन बरालले ट्रफी प्रदान गरे ।
त्यसै गरेर आज भएको दोस्रो क्वाटरफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर ४ लाई ३–० गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर १ को जितमा युवराज मगरले व्यक्तिगत २ गोल र प्रवेश तामाङले एक गोल गरे ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने वडा नम्बर १ का युवराज मगर म्यान अफ दी म्याच घोषित भए । उनलाई मेचीनगर ५ का वडा अध्यक्ष योगेन थापामगरले ट्रफी प्रदान गरे ।
वडा खेलकुद समिति मेचीनगर–८ को आयोजनामा मेचीनगरका १५ वटा वडा खेलकुद समितिको सहभागीता रहेको प्रतियोगिताको सह आयोजकमा आदर्श धिमाल समाज र सेन्ट्री युवा क्लव रहेका छन् । पुष १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेता टिमले २६ हजार रुपैयाँ नगदराशी सहित ट्रफी प्राप्त गर्ने आयोजक समितिका संयोजक सन्तोष मेचेले बताए ।
प्रतियोगितामा शनिबारको तेस्रो क्वाटरफाईनल खेल वडा नम्बर २ र वडा नम्बर ३ बिच दिनको २ बजे देखि तथा भोली नै हुने अन्तिम क्वाटरफाईनल खेल वडा नम्बर ५ र वडा नम्बर १२ बिच दिनको ३ः३० बजेदेखि हुने आयोजक समितिका सदस्य ओम प्रसाद तिम्सीनाले जानकारी दिए ।
Comments